हेटौँडामा कुखुराको चल्लासहित म्याजिक भ्यान नियन्त्रण

तु खबर संवाददाता
२०७५ जेष्ठ ६,आईतवार १७:५९

मकवानपुर, ६ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आईतबार बिहान हेटौँडाबाट अवैध कुखुराको चल्लासहित म्याजिक भ्यानलाई नियन्त्रणमा लिएको छ ।

बिहान करिब साढे ५ बजेको समयमा बिरगञ्जबाट हेटौँडातर्फ आइरहको ग ४ च ३७९९ नम्बरको पिकअप भ्यानलाई हेटौँडा ९ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्दा सूचनामा जनाइए अनुसार नै अवैध रुपमा ल्याइएका १००० वटा कुखुराको चल्लाहरु फेला परेपछि चल्लासहित भ्यानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त पिकअप भ्यानमा चल्लाहरु निकासी पैठारीको लागी चाहिने कागजात नभएको हुँदा नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका चल्लालाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*