२ सय लिटर रक्सी र ६ सय लिटर जाँड बरामद

तु खबर संवाददाता
२०७५ जेष्ठ ९,बुधबार १८:२३

मकवानपुर, ९ जेठ । मकवानपुरका विभिन्न स्थानबाट जेठ ८ र ९ गते गरि करिब २ सय लिटर लोकल मदिरा र ६ सय लिटर मदिरा बनाउने कच्चा पदार्थ जाँडसहित रक्सी बनाउन आवश्यक भाँडाहरु समेत नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतबाट खटेको प्रहरी टोलीले विभिन्न स्थानबाट मदिरा बरामद गरी सम्बन्धित कार्यालयतर्फ कारबाहीको लागी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

मंगलबार ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा– १९ स्थित बिभिन्न क्षेत्रबाट अन्दाजी १ सय लिटर मदिरा बरामद गरेको छ । त्यस्तै सोही दिन नै ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटेको प्रहरी टोलीले बाग्मती गाउँपालिकाको वडा नम्बर ७ र ८ का बिभिन्न क्षेत्रबाट अबैध गरेलु मदिरा अन्दाजी १०० लिटर र मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी १०० लिटर बरामद गरेको जनाएको छ ।

त्यस्तै बुधबार ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटेको प्रहरी टोलीले बाग्मती गाउँपालिका वडा नम्बर ६ स्थित फापरबारीको मकै बारीमा बेवारिसे अवस्थामा राखिएको घरेलु मदिरा तयार गर्ने कच्चा पदार्थ अन्दाजी ५०० लिटर र माटोको भाँडा १ थान तथा तामाको भाँडा बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*