हेटौँडाको नवलपुरमा कृषि हाट बजार सुरु

तु खबर संवाददाता
२०७५ जेष्ठ ९,बुधबार १८:४६

हेटौँडा, ९ जेठ । कृषि क्षेत्रलाई प्रबर्दन गरि जनताको जीवनस्तर उकास्न राज्य नै नीति बनाइ लागि परिरहेको बेलामा हेटौँडा उपमहानगरपालिकाकाको वडा नम्बर ११ नवलपुरमा कृषि हाट बजारको उद्घाटन गरिएको छ । बजारको आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बजारमा कृषकले लिएर आएको तरकारी किन्दै उद्घाटन गरेका हुन् ।

वडा नम्बर ११ का वडाध्यक्ष गोकर्ण प्रसाद पराजुलीको पहलमा कृषि हाट बजार सुरु भएको हो । उत्पादक कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क हुँदा दुवै पक्ष लाभावान्वित हुने भएकोले कृषि हाट बजारको सुरुवात गरिएको अध्यक्ष पराजुलीले बताए । तरकारी बजारमा समेत बिचौलीयाहरुको बिगबीगी बढिरहेको अवस्थामा कृषि हाटबजारले सहज अवस्था सिर्जना गर्ने विश्वास गरिएको छ । बजार प्रत्येक हप्ताको बुधबार लाग्ने कृषि हाटबजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।


हाट बजारको उद्घाटन गर्दै मेयर महतले अहिले सुरुवातीमा खुल्ला ठाउँमा राखी बजार व्यवस्थापन गरिए पनि बिस्तारै उपयुक्त स्थान चयन गरि टहरा निर्माण गरि हाट बजारलाई व्यवस्थित गरिने बताए । हाटबजारलाई बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुबाट दोहोरी गीत समेत प्रस्तुत गरिएको थियो । कृषि हाटबजारबाट ग्राहकहरुले बजारको मूल्य भन्दा संस्तोमा मुल्यमा खरिद गर्न पाएकोमा व्यक्त गरेका छन् । साथै कृषकहरुले समेत सब्जीमण्डीमा बेच्दा भन्दा महंगो मुल्यमा तरकारी विक्री गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

हाट बजारमा पहिलो दिन हाँडीखोला, बसामाडी, बस्तीपुर लगायतका क्षेत्रबाट कृषकहरुले तरकारी ल्याएका थिए । उद्घाटन समारोह कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सिताराम बर्तौला, रामेश्वर राना लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*