हेटौँडामा नेपाल टेलिकमको विद्यार्थी अफर सिमकार्ड दोस्रो चरणमा निशुल्क वितरण हुँदै

तु खबर संवाददाता
२०७५ जेष्ठ १०,बिहीबार १५:३०

हेटौँडा, १० जेठ । नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड आजबाट मकवानपुर जिल्लामा दोस्रो चरणमा वितरण शुरु गरेको छ । बैशाख ३ गतेदेखि कक्षा ८, एसईई परिक्षार्थी, कक्षा ११ र १२ को परिक्षा दिएका, ११ र १२ मा अध्यनरत तथा उच्च शिक्षा अध्यनरत गरिरहेका विद्यार्थीका लागि विद्यार्थी अफर प्रिपेड सिमकार्ड बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा बैशाख १९ गतेसम्म सिमकार्ड वितरण गरिएको थियो । केन्द्रिय कार्यालयबाट थप सिमकार्ड आउन ढिलाई भएपछि केहिदिन सिमकार्ड बितरण रोकिएको थियो । नयाँ रेन्जको सिमकार्ड भएकाले टेस्ट ट्रान्स्मिसन ढिलाई हुदां थप सिमकार्ड समयमा पठाउन समस्या भएको नेपाल टेलिकमको केन्द्रिय कार्यालयले जनाएको छ ।

मकवानपुरमा दोस्रो चरणको सिमकार्ड वितरण शुरु भए संगै आउदो दिनमा सिमकार्डको अभाव नहुने र हिजोकै मितिबाट नियमित रुपमा सिमकार्ड वितरण शुरु भएको टेलिकमले जनाएको छ । मकवानपुर जिल्लामा पहिलो चरणमा २५ सय थान सिमकार्ड वितरण गरिएको थियो । दोसो चरणमा ५ हजार थान सिमकार्ड वितरण गरिदैछ । विद्यार्थीले सिमकार्डको लागि नेपाल टेलिकम हेटौंडा कार्यालयमा निशुल्क सिमकार्ड बितरण डेस्कमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

निशुल्क विद्यार्थी अफर सिमकार्ड अन्तरगत १० रुपैयाँको टक भ्यालु , ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा र २० वटा एसएमएस पाईनेछ । अफरमा ६ महिनासम्म बोनसको रुपमा महिनाको ४० मिनेट भ्वाइस कल , ६० एमबी डाटा र २० वटा एसएमएस निशुल्क उपलब्ध गराईएको छ । साथै ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गर्दा १ वर्षसम्म प्रत्येक रिचार्जमा १० मिनेटको भ्वाइस कल र ५० एमबी डाटा बोनस स्वरुप उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गतको सिमकार्ड लिन परीक्षा दिएका विद्यार्थीले विद्यालयको परिचयपत्र वा परीक्षाको प्रवेशपत्र, आफ्नो फोटो र आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ । विद्यार्थी अफर सिमकार्ड निशुल्क पाईने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*