पानी लिन वडा अध्यक्ष सहित स्थानीय भारततिर लागेपछि

तु खबर संवाददाता
२०७५ जेष्ठ १७,बिहीबार ०८:४४

दाङ, १७ जेठ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।आजको कारोबारमा यो समाचार छापिएको छ ।

‘खानेपानीको समस्या छ त्यसैले म आफैं भारत गएर पानी ल्याउने गरेको छु’ वडाध्यक्ष सिद्दीकीले भने ‘भारतमा गएर पानी ल्याउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको छ ।’ कोइलावासका स्थानीयलाई खानेपानीका लागि हिउँदको समयमा भारतको भर पर्नुपर्ने बाध्यता छ । अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*