हेटौँडाबाट नेकपाका नारायणी ब्यूरो ईन्चार्ज देउला पक्राउ

मकवानपुर, ३१ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य एवं नारायणी ब्युरो इन्चार्ज रविन्द्र देउलालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहिबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर देउलालाई हेटौँडाबाट नियन्त्रणमा लिएको हो ।
देउलालाई पक्राउ गरेको भन्दै नेकपा मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ज्वालाले प्रहरीले देउलालाई तुरुन्त रिहा गर्नुपर्ने बताउँदै रिहा नगरे नेकपा जिल्ला समितिले नयाँ एक्सन लिन बाध्य हुने बताएका छन् । राजनीतिक आस्था राखेकै भरमा कसैलाई पनि गिरफ्तार गर्न नमिल्ने बताउँदै ज्वालाले यस्ता कुराहरुले लोकतन्त्रको उपहास गर्ने बताएका छन् । गरेका छन् । प्रहरीले सुतिरहेको बेला देउलालाई नियन्त्रणमा लिएकोप्रति पार्टीले घोर भत्सर्ना समेत गरेको छ ।
यस सम्बन्धमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिलिपराज झाले भने देउलालाई पक्राउ नभई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताएका छन् । केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकोले देउलालाई नियन्त्रणमा लिइएको तर पक्राउ नगरिएको उनले बताए ।