प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

तु खबर संवाददाता
२०७५ जेष्ठ ३१,बिहीबार १७:५८

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् ।

कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले वेबसाईट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले आफुहरु प्रदेशमा सुशासन र पारदर्शिता कायम गर्ने अभियानमा रहेकोले वेबसाईटले यसमा सहयोग पुग्ने बताएका छन् ।

वेबसाईटमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकका निर्णय, सचिव बैठकको निर्णय, सूचना, प्रेस विज्ञप्ति, खरिदसम्बन्धी सूचना, प्रदेश मन्त्रालयका वेभसाईट र अन्य लिंकहरु रहनेछन् । वेबसाईट मार्फत मूख्यमन्त्री तथा मन्त्रीपरिषदका सबै गतिविधिहरुमा सबैको पहुँच रहने प्रदेश ३ का मूख्य सचिव रेश्मीराज पाण्डेले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*