काठमाडौँका यी ठाउँहरुमा निःशुल्क चलाउनुस् वाईफाई

तु खबर संवाददाता
२०७५ असार २४,आईतवार १७:२५

काठमाडौं, २४ असार । के तपाईँ काम विशेषले काठमाडौँ जाँदै हुनुहुन्छ वा काठमाडौँमा कतै हुनुहुन्छ ? उसो भए तपाईका लागि खुशीको खबर छ । तपाईले काठामाडौँका ७ स्थानमा निःशुल्क इन्टरनेट चलाउन सक्नुहुन्छ । काठमाडौँ महानगरपालिकाको ७ सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको कारण यो सम्भव भएको हो ।

करीब तीन महिनाअघि महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ । त्यहाँ तपाईले निःशुल्क इन्टरनेट चलाउन सक्नुहुनेछ । जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*