रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सकियो

तु खबर संवाददाता
२०७५ असार २५,सोमबार १४:२३

काठमाडौं, २५ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन भएको छ ।

निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुव्बाले आइतबार निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई कार्य क्षेत्रमा ईमान्दारीपुर्वक लगनशिल भई कार्य गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

प्रहरी निरीक्षक जय शंकर शर्माले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रहरी हवल्दार किशोर कुमार मगरले प्रशिक्षार्थीहरुको तर्फबाट व्यक्त गर्नुभएको थियो । गत माघ १८ गतेबाट संचालित उक्त तालिममा संचारतर्फका १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*