कम्प्युटर अपरेटरको औचित्य
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/umesh-raj-soti-tukhabar.jpg)
नेपालका सरकारी अड्डामा कम्प्टर अपरेटर पदको आवश्यकता महसुस गरि लोकसेवा आयोगले जुन वेला यसको दरबन्दि अनुरुप विज्ञापन खुलाउने र यसको कोर्ष तयार पर्यो त्यो नै गलत थियो र छ पनि । साहेद जुन वेला यो पदको अवधारण आयो सो बखत यसको कोर्ष के राख्ने, कस्तो कस्तो कोर्ष राख्दा एउटा सबल र दक्ष कम्प्युटर अपरेटरलाई खडा गर्न सकिन्छ भन्ने तर्फ सरकारको ध्यान पुगेको देखिदैन । अहिले पनि कम्प्युटर अपरेटरको पद खारेज होइन यसलाई समयानुसार यसको कोर्षमा परिवर्तन आवश्यक छ । तर पदनै खारेज गर्न बुद्दिमानी होइन । करारमा पद पुर्ति गरेको सबै कार्यालयमा दक्ष जनशक्ति उपलब्ध हुन्छ ? प्रशासन राजश्व सबै सेवामा करारम राख्दा हुन्छ ? पक्कै पनि हुदैन । धेरै सरकारी अड्डमा हाकिमका मान्छे कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटेरको रुपमा भर्ना गरिएका छन जसलाई राम्ररी टाइपिङ गर्न नि आउँदैन भने तिनिहरुबाट अरु कामको के आश राख्ने अनि त्यस्ता जनशक्तिलाई हेरेर सबैको मुल्याङकन गर्ने मिल्छ ?
दक्ष कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर अहिले पनि उत्पादन गर्न नसक्ने लोकसेवा आयोगले तयार गरेको कोर्ष मुख्य कारण हो । लोकसेवा आयोगको कोर्ष हेर्दा लाग्छ कक्षा ९ र १० पढिरहेको आभाव हुन्छ । कम्प्युटर अपरेटर भनेको प्राविधिक पद हो यस्तो पदमा पनि घोकेन्ते कोर्ष राखेर कहाँ दक्ष जनशक्ति पाइन्छ त ? प्राविधिक पदको काम अफियल चिठ्ठि पत्र बाहेक कम्प्युटर बनाउने, नेटवर्किन, प्रिन्टर मर्मत जस्ता कोर्ष राख्नु पर्यो । यसले बल्ल दक्ष जनशक्ति उत्पादन गर्छ ।
हाल सम्म सरकारी सेवामा प्रवेश गरेका कम्प्युटर अपरेटरले आज सम्म कुनै तालिम पाएको मैले थाहा पाएको मैले महसुस गरेको छैन अनि गुणस्तरको आश राखेर मात्र हुन्छ ? के कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरलाई समयानुसार तालिम व्यवस्था गरिनु पर्दैन । कि तालिम दिइ कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटेर दक्ष बनाउनु सरकारको कर्तव्य होइन ।
अदालत, सरकारी वकिल कार्यालय, यातायात, भन्सार जस्ता कार्यालयमा कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर विना सबै काम सुचारु हुन सक्छ ? अदालतमा कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर नहुने हो भने फैसला तयार गर्ने देखि लिएर अन्य काम कस्ले गर्ने । सरकारी वकील कार्यालयमा एक दिन कम्प्युटर अपरेटर विदामा बस्दा त्यहाका हरेक काममा असर पुग्छ भने यस्ता कार्यालयमा करार पदपूर्ति गरि दक्ष जनशक्तिलाइ पाखा लगाउनु हुदैन र यसको असर भोलीका दिनमा देखिने नै छ । कुनै परिक्षा विना करार भर्ना गरि हाल सम्म कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर को परिक्षाको तयारी गरि बसेका हजारौ दक्ष विद्यार्थी पाखा लगाउनु हुदैन ।
हरेक सेवामा वृतिविकाश गरिएको हुन्छ तर यहाँ कम्प्युटर अपरेटरको वृति विकाशमा अंकुश लगाउने काम भै रहेको छ । कम्प्युटर अपरेटर पद खारेज होइन कोर्षमा परिवर्तन गरि दक्ष जनशक्तिको उत्पादन गर्नु पर्छ र उनीहरुलाइ अन्य सेवामा जस्तै वृत्ति विकाशको अवसर प्रदान गरिनु पर्छ ।
– लेखक : जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरमा कार्यरत छन् ।