५ नम्बर प्रदेशको प्रदेश सभाको बैठक स्थगित
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/pradesh-no-5-1.jpg)
बुटवल, १३ असार । विपक्षी दल नेपाली कांग्रेसको अवरोकका कारण आज प्रदेश नम्बर ५ को प्रदेश सभाको बैठक स्थगन भएको छ ।
प्रदेशसभा सदस्या निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने व्यवस्था संविधानमा भएको भन्दै बैठक शुरु हुनासाथ विरोध जनाउँदैस्थायी राजधानी नामकरणका विषयमा मुख्यमन्त्रीको जवाफ आएपछि मात्रै प्रदेशसभाको बैठक सञ्चालन हुने बताईन् ।
प्रदेशसभाका सदस्य क्षेत्री बोल्नासाथ विपक्षी दलका सदस्यले उठेर विरोध जनाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सोमबारसम्मका लागि स्थगन भएको घोषणा गरे ।