अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको पहिलो जित
![](https://www.tukhabar.com/wp-content/uploads/2018/08/cricet.jpg)
काठमाडौँ । कप्तान पारस खड्काले अन्तिम बलमा विकेट लिएपछि नेपालले शुक्रबार एकदिवसीय अन्र्तराष्ट्रिय खेलमा इतिहासकै पहिलो जित हाँसिल गरेको छ । आजको नागरिक दैनिक मा खबर छ ।
नागरिक दैनिकका अनुसार, अत्यन्तै रोमाञ्चक खेलमा नेदरल्याण्डलाई जित्नका लागि एक बलमा दुई रन चाहिएको अवस्थामा पारसले फ्रेड क्लासेनलाई रनआउट गर्दै नेपाललाई सनसनीपूर्ण जित दिएका हुन् ।
आइसीसीबाट मान्यता पाएपछि पहिलो एकदिवसीय अन्र्तराष्ट्रिय भ्रमणमा निस्किएको नेपालले यो जितपछि घरेलु टोली नेदरल्याण्ड विरुद्ध दुई खेलको श्रृखलामा एक एकको बराबरी गरेको छ ।