काठमाडौंमा ५० दिनमा पनि पुरिएनन् खाल्डाखुल्डी

तु खबर संवाददाता
२०७५ भाद्र १५,शुक्रबार ०७:१७

प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल(जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरीएको छैन ।
प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी(थानकोट, चाबहिल(जोरपाटी(बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए ।

तर, अझै स(साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ ।
आजको नागरीक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*