भिमफेदीमा बाल दिवसको अवसरमा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम

तु खबर संवाददाता
२०७५ भाद्र ३०,शनिबार ११:२९

भिमफेदी ३० भदौं । भिमफेदी गाउँपालिकामा शुक्रबार बाल बिबाह तथा सामाजिक संजालको दुरुपयोग बिरुद्ध सचेतना मुलक नाटक साथै साँस्कृतिक कार्यक्रम गरी बाल दिवस मनाईएको छ ।

किशोर किशोरिका लागि अधिकारमुखी संजाल भिमफेदी तथा चेतना सम्बाद समुहको संयुक्त आयोजना साथैं सक्षम सामुदायिक बाल क्लवको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सुःखी नेपाली, सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मुल नारा सहित बालबालिका माथि हुने बाल हिंसा तथा दुुव्र्यवहारको अन्त्यको लागि यस कार्यक्रम गरिएका कार्यक्रम सञ्चालक बिशु सुनारले जानकारी दिए । कार्यक्रममा घैटो फुटाई खेल समेत खेलिएको थियो ।

बाल दिवसको अवसरमा भएको कार्यक्रममा चेतना संवाद समुहका अध्यक्ष अन्सु लामाको सभाध्यक्षतामा भंएको कार्यक्रमा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पावर्ति रानाको विशेष अतिथि रहेको थियो ।

कार्यक्रममा रानाले कुनैपनि बालबालिका शोषण र पढाइबाट बन्चित हुनु नपरोस् भन्ने कुरा बताएका थिए । उनले बताउदै सामाजिक संजालको दुरुपयोग गर्नाले भागि बालबिवाहमा बडावा दिनुको साथै समाजमा नकरात्मक असर पर्ने पनि बताएका छन् ।

कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नंं. ३ का वडा अध्यक्ष प्रिति लाल लामा, साथैं वडा सदस्य तथा सामुदायि विकास केन्द्र नेपाल सिसिडिएन संवाद परियोजानाका कृष्ण घिमिरे र बाल क्लवका सल्लाहाकार प्रकाश पौडेल र अर्जुन लामाको अथिथ्यता रहेको कार्यक्रमा संञ्चालक बिशु सुनारले जानकारी दिएका छन् । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*