अहिले बैंकको म्यानेजर छु तर मिडियाको भोक मरेको छैन : बिमल सञ्जेल – प्रबन्धक, साँग्रीला डेभलपमेन्ट बैंक मकवानपुर

तु खबर संवाददाता
२०७५ मंसिर २९,शनिबार ११:३५

मकवानपुर २९ मंसिर । मकवानपुरको हेटौंडामा २०४३ साल असोज २० गते जन्मिएर आफ्नो बाल्यकाल मकवानपुरमै बिताएका विमल सञ्जेल अहिले बैकिङ् क्षेत्रमा क्रियाशील छन् । सञ्चार क्षेत्रमा कुनै बेला राम्रो दख्खल राख्ने उनी अहिले बिहान सबेरैदेखि राति अबेरसम्म बैंकको व्यवस्थापनमा खटिएका भेटिन्छन् । मनहरी गाउँपालिकामा साँग्रीला डेभलपमेन्ट बैंकको शाखा प्रमुखको रुपमा अहिले सञ्जेल कार्यरत छन् । सञ्चार सम्बन्धी औपचारिक अध्ययन गरेका उनले केही बर्ष मकवानपुरको सञ्चार क्षेत्रमा पनि काम गरे । त्यसपछि उनी बैंकिङ क्षेत्रमा सिफ्ट भए ।

आमसञ्चारका डिग्री होल्डर सञ्जेल बैंकिङ क्षेत्रमा पनि स्थापित छन् । मकवानपुरबाट प्रकाशित अध्यास दैनिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका उनले पछि नेशनल एफ एममा काम गरे । त्यसपछि मकवानपुरका केही साप्ताहिक पत्रिमामा पनि सञ्जेलले काम गरे । पछि उनी आर्थिक दैनिकको डेस्क ईडिटरको रुपमा काममा जोडिए । यसरी उनले प्रिन्ट र इलेक्ट्रोनिक मिडियामा राम्रो अनुभव संगाले ।

३२ बर्षको उमेरसम्ममा उनले मिडिया र बैंकिङ क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् । सानैदेखि मिहेनति र शान्त स्वभावका सञ्जेलले केहि गर्नुपर्छ भन्दै मिडिया क्षेत्रका काम सुरु गरेका थिए । आमसञ्चारका डिग्री होल्डर सञ्जेल बैंकिङ क्षेत्रमा पनि स्थापित छन् । मकवानपुरबाट प्रकाशित अध्यास दैनिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका उनले पछि नेशनल एफ एममा काम गरे । त्यसपछि मकवानपुरका केही साप्ताहिक पत्रिमामा पनि सञ्जेलले काम गरे । पछि उनी आर्थिक दैनिकको डेस्क ईडिटरको रुपमा काममा जोडिए । यसरी उनले प्रिन्ट र इलेक्ट्रोनिक मिडियामा राम्रो अनुभव संगाले ।

रेडियो मकवानपुरमा काम गर्दागर्दै बैंकिङ् क्षेत्रमा आबद्ध भए पछि उनको जीवन बैंकिङ क्षेत्रतिर मोडियो । अहिले बैंकिङ क्षेत्रमा आवद्ध रहेर यसैमा समर्पित भएको ८ वर्ष बित्यो । उनले अन्नपुर्ण विकास बैंक,ज्योति विकास बैंक हुँदै मकवानपुरकै बिकट क्षेत्र फापरवारीमा ज्योति विकास बैंकको शाखा बिस्तारको काम समेत गरेका थिए । उनी करीव १० महिना फापरबारीमा बैंकको शाखा म्यानेजरको रुपमा काम गरे । त्यसपछि उनले सांग्रीला डेभलपमेन्ट बैंकको शाखा म्यानेजरको रुपमा ३ महिना अघिदेखि काम गर्दै आइरहेका छन् ।

आफुहरुले व्यवसाय कजार्, कृषि कर्जा, घरेलु उद्योग बैदेशिक रोजगारी कर्जा लगायतको क्षेत्रमा लगानी गर्दै आएको उनले बताए । उनका अनुसार, ग्रामिण क्षेत्रमा आय मुलक काममा लगानी बढाउन सके त्यसले देशकै आर्थिक उन्नतिमा सहयोग पुग्न सक्छ ।

उनी अहिले वाणिज्य संकायमा स्नातक तेसा्रे बर्षमा अध्ययनरत पनि छन् । ८ बर्षदेखि बैंकिङ क्षेत्रमा काम गरिरहेका उनी बैकिङ क्षेत्रमा काम गर्दा गर्दै दिन बितेको पत्तै नहुने अनुभव सुनाउँछन् । अन्य कामहरुमा भन्दा बैंकिङ क्षेत्रमा नेतृत्व गर्न निकै कठिन हुने उनले सुनाए । रिक्स बढी हुने भएकाले म्यानेजरले निकै जिम्मेवार भएर बैंक चलाउनुपर्छ, उनले तु खबरसँग भने । आर्थिक विकासको मेरुदंड भनेको बैंक हो, देशको आर्थिक मेरुदंडको रुपमा रहेको बैंकको सही व्यवस्थापन गर्न सके निकै सफल अवस्था पनि बन्छ, उनको भनुभव छ । बैंकहरु सहर केन्द्रित हुने भएकोले ग्रामिण भेगमा पर्याप्त बैंक नभएको उनको बुझाई छ । अहिले गाउँपालिका र नगरपालिकाहरुको स्थापनाले बैंकहरु गाउँ जाने वातावरण बनेको उनले सुनाए । सरकारी क्षेत्रबाट बैंकको स्तर उन्नती र प्रोत्साहनको लागि अझैं सहयोग पुगे बैंकले थुप्रै काम गर्न सक्ने उनले सुझाए ।

वित्तिय साक्षतरता ग्रामिण भेगमा नभएकोले अहिले काम गर्न केहि चुनौती पनि रहेको उनको अनुभव छ । आफुहरुले व्यवसाय कजार्, कृषि कर्जा, घरेलु उद्योग बैदेशिक रोजगारी कर्जा लगायतको क्षेत्रमा लगानी गर्दै आएको उनले बताए । उनका अनुसार, ग्रामिण क्षेत्रमा आय मुलक काममा लगानी बढाउन सके त्यसले देशकै आर्थिक उन्नतिमा सहयोग पुग्न सक्छ । आय मुलक कामहरुमा बैंकले लगानी बढाउने र कर्जा प्रवाहमा केही खुकुलोपना ल्याउनु पर्ने उनले बताए ।

उनी संग बैंकिङ क्षेत्रमा काम गर्नमात्रै समय छ तर उनी आफुले पहिले गरेको पेशा पत्रकारितामा पनि आफ्नो रहर पुरा नभएको बताउँछन् । अब केही वर्ष त बैंकिङ क्षेत्रमै लागिने भैयो, रिटायर्ड लाइफ चाहिँ पत्रकारितामा बिताउने चाहना छ, तु खबरसँग उनले भने ।