जनसहयोगी सहकारीको ८ औं वार्षिक भेला सम्पन्न
मकवानपुर १९ माघ । जनसहयोगि बचत तथा ऋण सहकारी संस्था लि. को आठौं बार्षिक साधारण भेला हेटौडा १६ आफ्नै प्रांगणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिनोद प्रसाद बस्ताकोटीको सभाध्यक्षता, १६ नं वडा प्रतिनिधि रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा चिसापानि बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, अशोकबाटिका साकोसका अध्यक्ष योगनाथ दंगाल, कृष्ण प्रणामी मन्दिर संचालन समिति अध्यक्ष कृष्ण प्रसाद अधिकारी, चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य डन्डापानि नेपाल, नीवर्तमान अध्यक्ष एवम् सल्लाहकार घनश्याम ढकाल, जनप्रीय क्याम्पस संचालन समिति अध्यक्ष मोहन बस्ताकोटी लगायतका अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम उद्घोषण लेखनाथ ढकालले गरेका थिए । उक्त कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष बिनोद वस्ताकोटीले, लेखासमितिको प्रतिबेदन सचिव लेखनाथ ढकालले, आयब्यय तथा सन्तुलन परिक्षण उपाध्यक्ष शिव प्रसाद खतिवडाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सबै अतिथिहरूले छोटकरिमा मन्तव्य राखेका थिए । सहकारीको सदस्यता बृद्धिसंगै सेयर र बचत बृद्धिगरी ठूलो परीमाणमा सामाजिक कार्यमा पनि सहभागी भएर सदस्यलार्इ ब्यबसायीक बनाउन लाग्नुपर्ने आजको आवश्यकता भएको र यस कार्यमा वडा कार्यालयले सदैब सहयोग गर्ने कुरा प्रमुख अतिथि रामकृष्ण कोइरालाले बताए ।
उपाध्यक्ष शीव प्रसाद खतिवडाले संस्थाको गतिविधि तथा बीभिन्न प्रतिबेदनमा उठेका र भएगरेका सवालहरुमा सहजिकरण गरेको कार्यक्रममा बिभिन्न बिधामा बिभिन्न ब्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।