हेटौंडा भत्काएर चार लेनको बाटो बनाउँछौँ : मुख्यमन्त्री डोरमणि पौडेल (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७५ माघ २९,मंगलवार १६:०३
Featured Video Play Icon

मकवानपुर २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा १६/१६ मिटर सडक विस्तार गर्ने बताएका छन् ।

आज तु खबरसंग बिशेष कुराकानी गर्दै उनले सडक विस्तारको विषयमा केन्द्रिय सरकारसंग छलफल गरेर आफुहरु अघि बढिरहेको बताएका हुन् । हेटौंडाभित्र २५/२५ मिटर सडक विस्तार नगरी १६/१६ मिटरमात्रै विस्तार गर्ने अनि बाईपास निर्माण गर्ने तयारी प्रदेश सरकारले गरेको उनले बताए । उनका अनुसार बाईपास निर्माणका लागि डिपिआर बनाउने काम भईरहेको र प्रदेश सरकारले ५ करोड बजेट विनियोजन समेत गरिसकेको छ ।

उनले हेटौंडामा ४ लेनको बाटो बनाएर व्यापारिक मार्ग बनाउने र हाईवेको लागि बाईपास निर्माण गर्ने योजनामा आफू रहेको बताएका छन् । डिपिआरको काम सकिएपछि केन्द्रिय सरकारले लगानी गर्ने उनले बताए । ‘यो बर्ष हेटौंडाको राप्तीपुलसम्म सडक फराकिलो पार्छौँ अनि डिपिआरको काम सकिएलगत्तै बाईपासको काम सुरु गर्छौँ ’उनले भने ।

सडक विस्तार नहुँदा भएको असहजतालाई मध्येनजर गर्दै प्रदेश सरकारले तीब्र रुपमा डिपिआरको काम सकाउने उनले बताए । प्रदेश सरकारका मुख्यमन्त्री पौडेलले हेटौंडाको मुख्य बजारमा १६/१६ मिटर मात्र सडक विस्तार हुने स्पष्ट बताए ।

अब यसपछि हेटौंडामा २५ /२५ मिटर सडक नभत्किने संभावना बढेको छ । हेटौंडाको मुख्य सडकलाई व्यापारिक मार्गको रुपमा विस्तार गरी चुरियामाईदेखि चौकीटोलसम्म बाइपासलाई राजमार्गको रुपमा प्रयोगमा ल्याउने उनले स्पष्ट पारेका छन् ।