इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ फाल्गुन २६,आईतवार १७:२५

काठमाडौं २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ ।

इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।