हेटौंडामा प्रथम मकवानपुर जुत्ता चप्पल व्यापार मेला २०७५ आजबाट सुरु हुने
मकवानपुर २८ फागुन । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित प्रथम मकवानपुर जुत्ता चप्पल व्यापार मेला २०७५ आजबाट सुरु हुने भएको छ । आजबाट सुरु हुने जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन प्रदेश नम्बर ३ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले गर्ने संघले जनाएको छ ।
मेला २० दिनसम्म चल्नेछ र आवश्यकता अनुसार केही दिन थप गर्न सकिने गरी तयारी गरिएको छ । मेलामा कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम नभई विसुद्ध जुता चप्पलका स्टलमात्रै रहने संघले जनाएको छ ।
मेलामा विभिन्न ७ वटा चर्चित ब्राण्डका जुत्ता चप्पल सो गरिने आयोजकले बताएको छ । प्रदर्शनीमा पार्टी सुज, स्पोर्ट सुज, स्कुल कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल डिएमएस जुत्तालगायतका नेपालमै उत्पादन भएका विभिन्न कम्पनीका जुत्ता चप्पल राखिने छ ।