२०७६ साल महत्वका साथ अगाडि बढ्नेछ : राष्ट्रपति भण्डारी

तु खबर संवाददाता
२०७६ बैशाख १,आईतवार १२:१३
file-photo

काठमाडौं १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ ले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस्तो बताएकी हुन् ।

‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप उर्जा प्रदान गरोस् ।’ राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छिन् ।

नयाँ वर्षको अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु । मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।