नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने

मकवानपुर २ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् ।
दोस्रो चन्द्रागिरी महोत्सवमा बोल्दै अध्यक्ष केसीले सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औँल्याएका हुन् ।
उनले भने ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ ।
आफूले सबै दलको नाडि छामेको भन्दै संघियता लागू गर्छौ भन्ने दलहरु पनि अहिले पछुताउन लागेको उनले बताए ।