राष्ट्रपति भण्डारीद्वारा २५६३ औं बुद्धजयन्ती तथा लुम्बिनी भ्रमण वर्ष उद्घाटन

तु खबर संवाददाता
२०७६ जेष्ठ ४,शनिबार १२:१५

लुम्बिनी ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गरेकी छिन्।

केहीबेर अघि सेनाको हेलिकप्टरमार्फत् लुम्बिनीस्थित सम्मेलन हलमा पुगेकी राष्ट्रपति भण्डारीले कार्यक्रममको उद्घाटन गरेकी हुन्।

यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपणसँगै २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गरेका थिए।

उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रदेश पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेललगायतको सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*