बाँकेमा प्रहरीद्वारा ६५ राउण्ड हवाईफायर

तु खबर संवाददाता
२०७६ जेष्ठ ४,शनिबार १६:१३

बाँके ४ जेठ । चरेस ओसारपसारको आरोपमा प्रहरीले भारतीयन नागरिकलाई पक्राउ गरेपछि भारतीयहरुले बाँकेको नरैनापुर क्षेत्रमा प्रदर्शन गरेका छन् । शुक्रबार रातभर तनावग्रस्त भएको सो स्थानमा प्रहरीले स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गरेको छ ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

प्रहरीले हवाई फायर गरेपछि सो समूह तितरवितर भएको थियो । प्रहरीका अनुसार शुक्रबार राति १२ बजेदेखि स्थिति नियन्त्रणमा आएको छ । यद्यपि थप घटना हुन सक्ने आशंकामा उच्च सतर्कता अपनाइएको छ ।

विश्वकर्मालाई नियन्त्रणमा लिएपछि मुचुल्का उठाउन गएको प्रहरी टोलीलाई भारतीय युवाको समूहले घेरा हालेको थियो । सो समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गर्‍यो । त्यहाँ प्रहरीको उपस्थिति कमजोर देखेपछि थप युवाको समूह बढ्दै गएर चौकी नै घेराउ गर्न आएको थियो । स्थिति गम्भीर बन्दै गएपछि नेपालगञ्जबाट सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसमेत नरैनापुर प्रहरी चौकीलाई साथ दिन पुगेका थिए ।

गत साता भारतीय समूहले एक तस्करलाई नरैनापुर चौकीबाटै छुटाएर लगेका थिए । ‘शुक्रबार पनि त्यस्तै गर्ने उद्देश्यले आएका थिए, तर उनीहरुको प्रयासलाई सफल हुन दिएनौं,’ सापकोटाले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*