मनहरी ६ का लामालाई करणीसम्बन्धि मुद्धा

तु खबर संवाददाता
२०७६ जेष्ठ ५,आईतवार ०७:३५

मकवानपुर ५ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का शिक्षक अमन लामालाई प्रहरीले जबरजस्र्ती करणीसम्बन्धि मुद्धा चलाएको छ । लामालाई प्रहरीले साढेँ ३ बर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा विहिबार पक्राउ गरेको थियो ।

उनलाई मनहरीमा रहेको रेडएञ्जल एकेडेमीको एलकेजीमा अध्ययनरत् बालिकाको बलात्कार गरेको आरोप छ । शिक्षक लामाले स्कुलको शौचालयमा लगेर बलात्कार बालिकालाई बलात्कार गरेको भन्दै बोलिकाको परिवारले मुदा दर्ता गराएका थिए ।

शिक्षक लामालाई जबजस्र्ती करणीसम्बन्धि मुद्धा चलाइएको छ । बालिकाको उपचार भईरहेको जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*