ड्युटीका क्रममा बेहोस भएर ढलेका सैनिक जैसीको मृत्यु
वीरगञ्ज ५ जेठ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको छ ।
राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
जैसीको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।