टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७६ जेष्ठ १७,शुक्रबार १३:४१

मकवानपुर १७ जेठ । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा स्वच्छ वायु, स्वस्थ जिवन भन्ने मुल नाराका साथ ४७ औँ विश्व वातावरण दिवस २०७६ को दोश्रो दिन वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर महतले रक्तदान जस्तो सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन यस्ता कार्यक्रम आवश्यक रहेको र मानबिय कार्यमा सबैजना लाग्नु पर्ने बताए ।

कार्यक्रम टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र सामुदायिक सेवा केन्द्र हेटौंडा ११ को सम्योजनमा सम्पन्न भएको थियो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली, वडा सदस्य जुना दाहाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष शालिकराम पुडासैनी, टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी लगाएत विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*