अपडेट : फाखेल हुँदै काठमाडौ जान सकिने
मकवानपुर २९ असार । बर्षाको कारण अवरुद्ध भएको फाखेल सडकखण्ड भर्खरै खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेश कुमार सिंहले दिएको जानकारी अनुसार फाखेल सडकखण्ड खुलाइएको छ भने कुलेखानी र कान्तिलोकपथ पनि खुलाउने प्रयास भइरहेको छ ।
सडक खुलेपछि हेटौँडाबाट फाखेल हुँदै काठमाडौ जान सकिने भएको छ । केही सवारी साधनहरु पनि चल्न सुरु गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
निरन्तर बर्षा भइरहेकोले पहिरो जानसक्ने खतरा भने अझै रहेको सिंहले बताए । कुनैपनि बेला प्रहरी उद्दारको लागि तयार रहेको पनि सिंहले बताए ।