बच्चाको भोकमा भक्कानिँदै अभिभावक, चारैतिर पानी पेटभरि भोकको आगो

तु खबर संवाददाता
२०७६ श्रावण १,बुधबार ०७:५७

दुई वर्ष अघिको बाढीले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँँपालिका– ५ बडहरवा दलित बस्तीका दुई सय घरधुरीका वासिन्दालाई यस पटकको बाढी र डुवानले घरबारविहीन बनाइदिएको छ ।

‘हामी ठूला मान्छे त भोकै पनि सुत्छौं, तर बच्चाहरुले भोक लाग्यो भन्छन्, अन्नपात छैन, के दिएर उनीहरुको पेटको आगो निभाउने’ दमका रोगी राम शंकरले भने, हामीलाई विपद् परेको बेला नेताहरु पनि कहाँ हराए खै ?

उनीहरुमध्ये कतिको घर ढलेको छ भने कतिको घरमा हिलो माटो भरिएको छ । घरबारबिहीन बनेकाहरु बागमती नदीको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन् । ४० घरपरिबार माण्डबी नामक संस्थाले बनाइदिएको आवासगृहमा आश्रय लिइरहेका छन् ।

दुई वर्षअघि २०७४ सालमा आएको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरु यसपटक पूर्णतः घरबारविहीन बनेका छन् । बाढी र वर्षाले अन्नपात, लत्ताकपडा कामै नलाग्ने भएका छन् । साना बालबालिकासहित त्रिपालमा रहेका उनीहरु चौपायाका साथ सुत्न बाध्य छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*