अपडेट : प्रधानमन्त्री ओलीको श्राद्ध गर्ने शर्मालाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशन

तु खबर संवाददाता
२०७६ श्रावण १७,शुक्रबार ०९:३३

मकवानपुर १७ साउन । प्रधानमन्त्री केपि शर्मा ओलीको श्राद्ध गर्ने हेटौँडाका राकेशकुमार शर्मालाई प्रहरीले १० दिन हिरासतमा राख्ने भएको छ ।

हिजो विहिबार जिल्ला प्रशासन कार्यालयमा पेश गरिएका शर्मालाई १० दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।

उनलाई मुलुकी अपराधसंहित २०७४ अन्तरगत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।

शर्माले गत बुधबार विहान हेटौँडाको बुद्धचोकमा प्रधानमन्त्री, मन्त्री ओलीसहित ८ सय ८४ जना सांसद र दलका नेताहरुको श्राद्ध गरेका थिए ।

यो पनि पढ्नुहोस् ।

प्रधानमन्त्री ओलीको श्राद्ध गर्ने हेटौँडाका शर्मालाई प्रहरीले समात्यो

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*