म्याद नाघेका औषधी अझै नष्ट भएन
मनहरी गाँउपालिका बसन्तपुर सामुदायीक स्वास्थ्य इकाइमा डेढ बर्षदेखि म्याद गुज्रिएका औषधी फेला परेको छ ।
नागरिक समाज सन्जाल मकवानपुरले गरेको अनुगमनका क्रममा विक्रि गर्न राखिएको अन्य औषधीसंगै ती म्याद गुज्रिएका औषधी भेटिएको हो ।
२०७४ साल फागुन देखि यता म्याद गुज्रिएका औषधी नष्ट नगरी अन्य औषधीसंगै एकै ठाउमा राखिएको अवस्थामा फेला परेको हो ।
बसन्तपुर सामुदायीक स्वास्थ्य इकाइका अहेब मनोज बिष्टका अनुसार म्याद नाघेका औषधी तत्काल अन्य स्थानमा राखेर केहि समयको अन्तरालमा नष्ट गर्ने भनिएको छ । तर ०७४ फागुन १५ गते स्थापना भएको स्वास्थ्य इकाइमा रहेका औषधीहरु अहिलेसम्म एक पटक पनि नष्ट गरिएको छैन ।
अनुगमनमा नागरीक समाज सन्जाल मकवानपुर अध्यक्ष रमिला सापकोटा, सदस्यहरु कुमारी वाइवा, साधुराम चौलागाइ, गिता अर्याल, प्रतिमा शाक्य लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।