अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७६ भाद्र १,आईतवार १७:०७

काठमाडौं, १ भदौ । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले सर्वोच्च अदालतले बहुविवाहको मुद्दा लागेकी पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी थिइन्।

सर्वोच्चले दुवै पक्षलाई भदौ १५ गते छलफलको लागि बोलाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*