पारस शाहले प्रहरीमाथि दुर्व्यवहार गरेपछि…

तु खबर संवाददाता
२०७६ भाद्र २,सोमबार ०७:५५

पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् ।

आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई हातपात गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे प्रहरी कार्यालय रानी पोखरीले समेत जानकारी राखेको छ।

थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए।

आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई हातपात गरेका थिए। ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ। आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*