हेटौँडामा डेंगु नियन्त्रण गर्नका लागि मेयर महतको नेतृत्वमा अभियान सञ्चालन

तु खबर संवाददाता
२०७६ भाद्र ४,बुधबार १३:०५

मकवानपुर, ४ भदौ । हेटौंडामा डेंगु नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा अभियाननै सञ्चालन गरिएको छ ।

डेंगुको लार्भा र प्युपा बस्ने बासस्थानको नष्ट गर्नका लागि आज ( बुधबार) मेयर महतको नेतृत्वमा हेटौंडा ४ का विभिन्न स्थानमा पानी जमेका भाडा खन्याउने, टायर संकलन गर्ने अभियान सञ्चालन गरिएको हो ।

डेंगु नियन्त्रणअभियानमा मेयर महतसहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, जनपथ प्रहरी लगायतले सहभागीता जनाएका थिए ।

हेटौंडामा डेंगु लागेका २ सय ५१ जनाभन्दा माथी बिरामी देखा परिसकेको छन् ।

यसको नियन्त्रणका लागि हेटौंडामा टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, सशस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको दिनहुँ सक्रिय सहभागिता रहेको मेयर महतले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*