गाँजा र अफिम खेती नष्ट गर्न कृषकको हृदयमा परिवर्तन ल्याउन आवश्यक छ : कानूनमन्त्री जम्मकट्टेल

तु खबर संवाददाता
२०७६ भाद्र ५,बिहीबार १७:५८
file photo

मकवानपुर, ५ भदौ । प्रदेश नम्वर ३ को आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अवैध गाँजा र अफिम खेतीलाई दीर्घकालसम्म स्थानीय जनताकै हृदयमा परिवर्तन नगरेसम्म अन्त्य नहुने बताएका छन् ।

नेपाल सरकार गृह मन्त्रालयले बिहिबार हेटौंडामा आयोजना गरेको लागूऔषध सम्बन्धी अभिमुखी कार्यक्रमको उट्घाटन गर्दै मन्त्री जम्मकट्टेलले सो कुरा बताएका हुन् ।

उनले सो कार्यको लागि स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउन प्रदेश सरकार लागि पर्ने बताए ।

उनले स्थानीय गाउँमा बसोबास गरेका विभिन्न जाति, धर्म, सँस्कृतिका समुदायप्रति आर्थिक जीवनलाई मजबूत बनाउने कार्यलाई स्थानीय तह र प्रदेश सरकारले दीगो आर्यआर्जन गर्ने कार्यक्रमलाई ती जनताको घरदैलोमा पुर्याउन सके सधैको लागि कृषकले गाँजा खेती गर्ने प्रथाको अन्त्य गर्ने दृढता व्यक्त गरे ।

अवैध गाँजा र अफिम खेती गराउने कार्यको लागि प्रत्येक गाउँगाउँमा पुगेर स्वदेशी र विदेशी लगानी कर्ताहरुले स्थानीय कृषकहरुलाई आर्थिक लोभबाट प्रोत्साहन गर्ने गरेको बताउँदै उनले भने, ‘अब त्यस्ता लगानी कर्तालाई सरकारले पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न तत्पर रहेको छ ।’

मन्त्री जम्मकट्टेलले अवैध गाँजा खेतीका प्रभावित जिल्ला धादिङ, चितवन, मकवानपुर र बाराका कृषकहरुलाई दीर्घकालसम्म आफ्नो जग्गा–जमिनबाट आर्थिक आर्यआर्जनको लागि नगदे बालीको रुपमा प्रोत्साहन गर्न नसके उनीहरुलाई गाँजा र अफिम खेती गर्नबाट जीवनभर रोक्न नसकिने धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*