लागूऔषध नाईट्रोभेटसहित हेटौँडाका थापा पक्राउ

तु खबर संवाददाता
२०७६ भाद्र ११,बुधबार १८:४२

मकवानपुर, ११ भदौ ।  हेटौँडा–१५, पिपल चौतरीस्थित सडकखण्डबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–१० बस्ने २२ वर्षीय निकेश थापा रहेका छन् ।

प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले लागूऔषध नाईट्रोभेट १० लेखेको २० पत्तामा १५ को ३ सय ट्याब्लेटसहित मंगलबार थापालाई पक्राउ गरेको हो ।

बिरगंजबाट हेटौँडातर्फ आउदैं गरेको ना. १ ज ८५२७ नं. को यात्रुवाहक माईक्रो बसलाई उक्त स्थानमा रोकी चेकजाचं गर्ने क्रममा सो बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*