संविधान दिवसको अवसरमा पशुपतिनाथ माविमा झण्डोत्तोलन
मकवानपुर, ३ असोज । मनहरी–४ मसिनेस्थित श्री पशुपतिनाथ माविमा शुक्रबार पाँचौं संविधान दिवसको अवसरमा झण्डोत्तोलन गरिएको छ ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले झण्डोत्तोलन गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थी संगठनले विद्यालय परिषरमा झण्डोत्तोलन गर्ने व्यवस्था गरेको हो ।
संगठनका अध्यक्ष पुष्कर रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, किसान नेता रामहरि सुबेदी, विद्यार्थी संगठनका सहसचिव सुरेश गौतमलगायतले शुभकामना व्यक्त गरेका थिए ।
गतबर्ष संविधान दिवसमा विद्यालयले बृक्षरोपण गरेको थियो ।