पूर्वसांसद हरि वैरागी दाहालको निधन
काठमाडौं, ३ असोज । पूर्वसांसद हरि वैरागी दाहालको निधन भएको छ । ‘कोल्ड स्ट्रोल’ रोगबाट पीडित दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो ।
दाहाल विसं २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को प्रतिनिधित्व गर्दै उनी सांसद निर्वाचित भएका थिए ।
उनको अन्तिम संस्कारपशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।