जनसरकार प्रमुख क्षेत्रबहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा

तु खबर संवाददाता
२०७६ आश्विन २८,मंगलवार १२:४०

मकवानपुर, २८ असोज । अति सिमान्तकृत पहरी समुदायका अगुवा तथा तत्कालिन नेकपा माओवादी राईगाउँका जनसरकार प्रमुख क्षेत्रबहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा रहेको पहरी निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमतीले उनको १३ औं दिनको पुण्य तिथीमा सोमबार श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपान, नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु), स्वर्गीय पहरीसँगै तत्कालिन नेकपा माओवादीमा काम गरेका नेताहरु हरि सुवेदी, जय बहादुर वाईबा (छेडुप), छोरा शेर बहादुर, नेकपा बागमतीका अध्यक्ष अरुण बलले मनतव्य व्यक्त गरेका बोलेका थिए ।

कार्यक्रममा नेकपा ३ नम्बर प्रदेश कमिटिका सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, नेकपा मकवानपुरका कार्यालय सदस्यहरु बद्रि लम्साल, बलराम बल, जिल्ला सदस्यहरु ललित घलान, जीवन मोक्तान लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*