दलितलाई भोजमा बोलाए, पस्किएर पनि दिए, खानै लाग्दा सोहोरेर फालिदिए

तु खबर संवाददाता
२०७६ कार्तिक २८,बिहीबार ०७:५८

सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियास्थित कविलासी गाउँमा भएको मृत्युभोजमा ‘तल्लो जात’ भन्दै दलित समुदायमाथि विभेद र दुर्व्यवहार भएको छ । कथित ‘उपल्लो जात’का व्यक्तिलाई खुवाइसकेपछि घरधनीले दलित समुदायलाई साँझपख मात्रै भोजमा बोलाएका थिए । तर, पस्किएर दिएको भोज खानै लाग्दा यादव समुदायका ‘अगुवा’ले खोसेर फालिदिएका हुन् । केही दलितमाथि कुटपिटसमेत भएको छ ।

भोजमा अपमान भएपछि अधिकारकर्मीसँग गाउँमै छलफल गर्दै कविलासीका दलित समुदाय । ‘दिउँसो भोजमा नबोलाएर विभेद भएकै थियो । तर, भोज आयोजक परिवारले नै साँझ हाम्रा घरमा आएर खान आउन भने ।

छिमेकीले बोलाएपछि बालबालिकादेखि वृद्धवृद्धासम्म सयजति दलित गयौँ, आँगनमा लहरै बस्यौँ,’ दलित अगुवा रामचन्द्र पासवानले भने, ‘तर, पस्केर दिएको खाना खानै लाग्दा जातीय माइञ्जन(अगुवा)ले फालिदिए । रात नपरी आँगनमा बसेर खाने भन्दै गालीगलौज गर्दै हातपातसमेत गरे ।

हामी नखाई फर्कियौँ ।’ स्थानीय पशुपति यादव, उपेन्द्र यादव, रामचन्द्र यादव र भुल्ला भनिने रामप्रीत यादवसहितको समूहले अपमान गरेको उनले बताए ।
आजको नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*