दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारको र्याली

मकवानपुर, ८ मंसिर । दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौंडाका पत्रकारहरुले र्याली तथा कोणसभा गरेका छन् ।
आईतबार (आज) हेटौंडा बजारको सीमाचोकबाट सुरु भएको र्याली बुद्धचोक हुँदै पुनः सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
नेपाल पत्रकार महासंघ प्रदेश ३ को आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।
अन्तराष्ट्रिय दण्डहिनता विरुद्धको दिवसको अवसरमा हेटौंडामा आयोजना गरेको प्रेस स्वतन्त्रता र्यालीलाई सम्बोधन गर्ने सञ्चारकर्मीले लोकतन्त्रमा पनि सञ्चार क्षेत्रमाथि खतरा कायमै रहेको बताएका छन् ।
कार्यक्रममा महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्यलगायत हेटौंडामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेका थिए ।