प्रदेश – ३ को राजधानी र नामाकरण छिट्टै टुङ्ग्याउन प्रचण्डको आग्रह
मकवानपुर । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानी र यसको नामाकरण छिट्टै टुंगिने बताएका छन् । आज हेटौंडा आइपुगेका अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीको सरकारी निवासमा मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीलगायतसँग गोप्य छलफल गरेपछि नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले प्रदेशसभाबाट राजधानी र यसको नामाकरणको काम टुंग्याउन सरकार र सभामुखलाई प्रकृया अघि बढाउन आग्रह गर्दै त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने समेत बताएका छन् ।
यसअघि गोप्य छफफलमा मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेश अन्य प्रदेशको तुलनामा निकै सफल रहेको प्रचण्डलाई ब्रिफिङ गरेका थिए । अध्यक्ष प्रचण्डले भने राजधानी र यसको नामाकरणको विषयमा पार्टीको हाइकमाण्डमा निर्णय गरिने बताएको स्रोतको भनाई छ ।
यो राजनीतिक विषय भएकाले यसलाई पार्टीको सचिवालयबाट आवश्यक निर्णय हुने प्रचण्डको भनाई थियो । छलफलमा सहभागीहरुले पनि प्रचण्डको सो अभिव्यक्तिमा समर्थन जनाएका थिए ।
यो पनि पढ्नुहोस्
नेकपा अध्यक्ष प्रचण्ड हेटौंडामा : मुख्यमन्त्री, सभामुख र कानूनमन्त्रीसँग गोप्य छलफलमा
मुख्यमन्त्री तथा मन्त्रीहरुसँगको छलफलपछि प्रचण्ड नेता कार्यकर्तालाई सम्बोधन गर्दै