प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते

तु खबर संवाददाता
२०७६ पुष १७,बिहीबार १९:१६

हेटौंडा, १७ पुस । प्रदेश ३ को कार्यव्यवस्था परामर्श समितिको बैठकले यही पुस २१ गते बस्ने प्रदेशसभा बैठकमा लैजाने एजेण्डा तय गरेको छ ।

बैठकले पुस २१ गते प्रदेशको नामाकरणका लागि प्रस्ताव माग्ने निर्णय गरेको छ । प्रदेश ३ को राजधानीका विषयमा भने पुस २२ गते मात्र निर्वाचन गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए ।

मंगलबार बसेको प्रदेश ३ मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको बैठक २१ गते राख्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

गत आइतबार बसेको सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेसँगै प्रदेश सरकारले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पुस २१ गतेको संसद बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम, प्रदेश प्रमुखको कार्यलयबाट प्रमाणिकरण भएका विधयकको पत्र पढेर सुनाउने, पाँचौ अधिबेशनको विषयमा सवै दलका प्रमुखरुले पाँच अधिवेशनको शुभकामना व्यक्त गर्ने कार्यक्रम परामर्श समितिको बैठकले निर्णय गरेको हो ।

बैठकमा त्यसपछि मात्रै प्रदेशको नामाकरणका सम्वन्धमा प्रस्ताव माग्ने कार्यक्रम रहने मन्त्री जमकट्टेलले जानकारी दिए ।

पुस २१ गतेको बैठकपछि मात्र २२ गते राजधानी सम्वन्धी प्रस्ताव पेस गर्ने र मतदानको प्रकृया सुरु गर्ने तयारी रहेको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*