संसदीय दलले हेटौंडा राजधानी निर्णय गरेपछि मात्रै मतदान
हेटौंडा, २१ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पैडेलले हेटौंडामा जारी नेकपा संसदीय दलको बैठकले राजधानी हेटौंडा र नाम बागमती राख्ने सर्वसम्मतीले निर्णय गरेपछि मात्रै मतदान हुने बताएका छन् ।
‘संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमै हेटौंडा राजधानीको निर्णय गरेपछि मात्रै संसद बैठकमा मतदान प्रक्रिया अघि बढ्नेछ ।–’ मुख्यमन्त्री पौडेलले भने । दलको बैठकमा सहमतीबाटै राजधानी र नामको विषयमा निर्णय हुने उनले बताए ।
‘हामी साथीहरुको कुरा सुनेर सहमतीमा ल्याउने अधिकतम प्रयासमा लागेका छौं ।–’ मुख्यमन्त्री पौडेल भन्छन् । उनले आइतबार बसेको दलको बैठकले राजधानी र नामको विषय टुंग्याउन समय अभाव भएको बताएका छन् ।
‘तीनदिन देखि लगातार संसदीय दलको बैठक बसेकाले साथीहरुलाई आरामको पनि जरुरत थियो । आइतबार नै टुंग्याउन समय अभाव पनि भयो । अझै एकदर्जन जति साथीहरुले बोल्न बाँकी नै छ ।–’ पौडेलले प्रतिक्रिया दिँदै भने ।
हेटौंडास्थित मुख्यमन्त्री निवासमा गत शुक्रबारदेखि नेकता संसदीय दलको बैठक जारी छ । बैठकबाट राजधानी र नाममा सहमतीको खोजी भएपनि विवादको कारण निर्णय हुन सकेको छैन । आइतबारसम्म लम्बिएको बैठकले पुनः मंगलबार भोली बस्ने गरी बैठक स्थगित भएको थियो ।
मुख्यमन्त्री पौडेलले सोमबार संसद बैठकसमेत भएकोले मंगलबारसम्मका लागि स्थगित गरिएको बताए । बैठक स्थगित गर्नुको अन्य कुनै कारण नभएको पनि उनले बताए ।
प्रदेश ३ मा नेकपाको मत
मकवानपुर ६, चितवन १०, काठमाडौं २०, ललितपुर ९, भक्तपुर ४, धादिङ ४, नुवाकोट ५, सिन्धुली ४, सिन्धुपाल्चोक ४, रामेछाप २, दोलखा ६, रसुवा १, काभ्रे ५ ।
१ सय १० सदस्यीय प्रदेशसभामा २ तिहाईका लागि ७४ मत चाहिन्छ । नेकपा आफैंसँग ८० मत छ ।
यो पनि पढ्नुहोस्
- हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउने निर्णयप्रति मेरो समर्थन : बानियाँ
- नेकपाको निर्णयः राजधानी हेटौंडा, नाम बाग्मती
- ‘दुई तिहाई सदस्यहरु राजधानी हेटौंडाबाट सार्ने पक्षमा’
- ‘हामी नाममात्रैको प्रदेश सदस्य, सबै काम केन्द्रले गरोस्’– राजेन्द्र पाण्डे
- हेटौंडा राजधानी बनाउने नेकपा निर्णयको स्वागत गर्छु : कमल थापा
- जब प्रचण्ड हेटौंडा आए, त्यसपछि तात्यो नेकपा
- अहिले ६ बजे मन्त्रीपरिषद् बैठक बस्दै, प्रदेशसभा बैठक बोलाउन सभामुखलाई सिफारिस गरिने
- प्रदेश ३ को राजधानी र नाम पुसभित्रै टुङ्गिने
- प्रदेशसभा बैठक पुस २१ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस
- राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी लेख्छन् – यसकारण हेटौंडा स्थायी राजधानी
- माधव नेपालले बागमती प्रदेश भनेपछि खैलाबैला
- त्यो सरकारमा कमल थापा नभएको भए…
- राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक
- बालुवाटारबाट कडा निर्देशनः राजधानी हेटौंडाबाट दायाँबायाँ नहोस्
- प्रदेश ३ को राजधानी टुंग्याउने मतदान २२ गते
- राजधानीको विषयमा नेकपा र कांग्रेस संसदीय दलको बैठक आज बस्दै
- राजधानी हेटौंडा र नाम बागमती राख्ने पार्टी निर्णय स्वीकारौं : मुख्यमन्त्री पौडेल
- हेटौंडामा भएको संसदीय दलको बैठक भोली बस्ने गरी स्थगित
- राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिनु खेदपूर्ण : काँग्रेस
- हेटौंडामा संसदीय दलको बैठक सुरु, राजधानी बारे धारणा प्रस्तुत
- हेटौंडा राजधानी हुन नदिन हस्ताक्षर अभियान, कांग्रेस सघाउँदै
- राजधानीको विषयमा संसदीय दलको निर्णय आज
- हेटौंडा राजधानी राख्ने निर्णय मान्नुको विकल्प छैन
- हेटौंडा राजधानी मानेर अघि बढ्दा मन्त्रीपरिषद् हेरफेर !
- ‘राजधानीमा हेटौंडालाई मतदान’ भन्दै सांसदलाई फूलमाला
- नेकपा संसदीय दलको आजको बैठकमा स्थापित लचिलो, केन्द्रको निर्णय विधि बिपरित: लम्साल
- राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो
- हेटौंडाको विपक्षमा विवेकशील पार्टीको दुई मत
- नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !
- राजधानी टुंग्याउन नेकपाभित्र विवादैविवाद, कांग्रेसको ‘सरप्राइज’ !
- राजधानी र नाम मुख्य एजेण्डासहित आजदेखि प्रदेशसभा बैठक बस्दै
- व्यक्तिगत विचार, भावना र सोचलाई थाती राखेर हेटौंडालाई राजधानी बनाऔँ