प्रदेश सरकार भ्रष्टचारको दलदलमा फस्यो ‘प्रदेशसभा भंग गरौँ’

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १६:०९

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य रिता माझीले प्रदेश ३ को प्रदेशसभा भंग गर्न आग्रह गरेकी छिन् ।

प्रदेशसभा र सदस्यहरुको अधिकार प्रयोग गर्न नपाइने भए संघीयता खारेज गर्नुपर्ने राप्रपाकी सांसद माझीले बताइन् । जनताको समस्या, अप्ठ्यारा सदनमार्फत सरकारमा पु¥याउन नसक्नु र प्रदेश सरकारको काम छैन भने संघीयता किन लादियो भन्दै प्रश्न गरिन् ।

प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको उनले आरोप लाइन । मुख्यमन्त्री र मन्त्रीहरुले सच्चाएर अघि बढ्नु पर्ने धारणा राखिन् ।

प्रदेशको मन्त्रीमण्डलमा महिला मन्त्री आवश्यक रहेको सांसद माझीले बताइन् । प्रदेश सरकारले जनताको आवाज नसुनेको बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*