नयाँ शैक्षिक सत्रका लागि एक अर्बको पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको कामलाई तीव्रता दिएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र केही निजी छापाखानाले लिँदै आएका छन् । सोअनुरूप लक्ष्य चुम्न दैनिक १ लाख थान पाठ्यपुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।
केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि २ करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको छ । सोअनुरूप हालसम्म १ करोड ११ लाख थान पाठ्यपुस्तक छपाइको काम सकिएको छ ।
कक्षा २, ३, ४, ५, ९ र १० का पाठ्यपुस्तक छापिसकिएको केन्द्रले जनाएको छ । हाल कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । त्यसका लागि २ सय ५० कर्मचारी खटिएका छन् । पाठ्यपुस्तक छाप्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कक्षा १ को पाठ्यपुस्तक भने केही समयपछि छापिने केन्द्रले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।