हेटौंडामा जारी संसदीय दलको बैठक स्थगित

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार १२:३३

हेटौंडा, २४ पुस । हेटौंडास्थित मुख्यमन्त्री निवासमा बसिरहेको सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको छ ।

बिहान ८ बजेदेखि बसेको बैठक भर्खरै स्थगित भएको हो । अर्को बैठक भोली शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जनाइएको छ ।

बैठकमा प्रदेश ३ को राजधानी र नामको सम्बन्धमा छलफल चलिरहेको छ । नेकपा सचिवालयले राजधानी हेटौंडा र नाम बाग्मती राख्न निर्देशन दिएपछि संसदीय दलको बैठक गत शुक्रबारदेखि बसिरहेको हो ।

राजधानी हेटौंडा राख्न सांसदहरु विभाजित भएपछि बैठक बिनानिश्कर्ष स्थगित हुँदै गइरहेको छ । दलको ठोस निर्णय नहुँदा राजधानी र नाम तोक्न मतदान प्रक्रिया पनि अनिश्चित भइरहेको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*