राष्ट्रियसभामा उठ्यो प्रदेश ३ को राजधानीको विषय

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार १५:११

हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानी र नामाकरणको विषय माथिल्लो सदन राष्ट्रियसभामा उठेको छ । आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राजधानी र नामाकरणको विषयमा उठाएका हुन् ।

उनले प्रदेशको राजधानी र नामाकरणमा प्रदेशसभाको अधिकारमाथि सत्तारुढ दलका नेताहरुले निरकुंशता देखाएको आरोप लगाए । उनले प्रदेशको नियमावी मुताविक नाम र राजधानी निर्णय गर्न प्रदेशसभालाई अधिकार दिनुपर्ने धारणा राखे ।

उनले नेकपाप्रति भन्दा पनि पनि विधि र प्रक्रियाप्रति आक्रोश पोखेको बताए । उनले एकदलीय शासनमा नेकपा अघि बढेको बताए ।

पार्टीको निरकुंशताको कारण सत्तारुढ दलकै सांसदले विष पिउँ की पार्टी छोडौं भन्ने अवस्था आएको भन्दै यसले गम्भिर प्रश्न उठेको बताए ।

‘विष पिउँ की पार्टी छोडौं’ भनेर प्रदेश ३ प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले भनेका थिए । प्रदेश ३ को राजधानीको विषयमा पार्टीले प्रदेशसभाको अधिकार कुल्चिएको भन्दै उनी पार्टी नेतृत्वको निर्णयमाथि असन्तुष्ट भएका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*