‘लाखौं जनता मुस्किलले हेटौंडा पुग्छन्, १० जिल्लाले राजधानी भेटाउँदैन’

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार २०:०९

हेटौंडा, २४ पुस । आज बिहीवार बसेको प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसद रमेश पौड्यालले हेटौंडा राजधानी अपायक भएकोले १० जिल्लाले राजधानी नै नभेटाउने भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले पहिलेदेखि नै हेटौंडा अपायक भएको भन्दै राजधानी काभ्रे बनाउनु पर्ने धारणा राख्दै आएका थिए ।

उनले ६० लाख जनसंख्या मध्ये ४८ लाख जनसंख्याले १ दिन यात्रा गरेर मुस्किलले हेटौंडा पुग्ने बताए । पौड्यालले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गरे ।

उनले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताए ।

उनले प्रदेशको नाम बाग्मती राख्नु पर्ने समेत बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*