कुखुरा मर्दा प्रदेशसभामा श्रद्धाञ्जली व्यक्त ! रेकर्डबाट हटाउन सांसदको आग्रह

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १६:३८

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा ललितपुरको एक घटनालाई लिएर केही साँसदहरुले श्रद्धाञ्जली व्यक्त गरेपछि सो कुरालाई सँसदको रेकर्डबाट हटाउन ललितपुरबाट निर्वाचित साँसद टेकनाथ सञ्जेलले सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखले बोल्न अनुमति दिएपछि रोष्टममा पुगेर साँसद सञ्जेलले २४ गते भएको घटनाबारे सविस्तार सुनाएका थिए ।

घटनामा स्थानीय रामप्रसााद बजगाईँ र पारस बजगाईँको दुई घर करेष्ट सर्ट भई जलेको, ११ लाख भन्दा बढी नगद, १ हजार भन्दा बढी कुखुरा र जिन्सी सामान समेत नष्ट भएकोले सभामुख मार्फत् सरकारलाई क्षतिपूर्तिको लागि आग्रह गरेका थिए ।

सञ्जेलपछि बोल्ने साँसद सरस्वति बाचेले ललितपुर घटनामा रामप्रसाद बजगाईंको मृत्यु भएको भन्ठानेर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी थिइन् ।

यथास्थानबाट उठेर सञ्जेलले घटनामा कोही कसैको पनि ज्यान नगएको र धनमाल, कुखुरा मात्रै नष्ट भएको भन्दै हार्दिक श्रद्धाञ्जली दिएको विषयलाई रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*