अन्तिम रणनीति बनाउन नेकपाको बैठक बस्दै

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार ०८:१०
फाइल तस्बिर

हेटौंडा, २७ पुस । अन्तिम रणनीति बनाउने भन्दै सत्तारुढ नेकपाले आज आइतबार पुनः संसदीय दलको बैठक बोलाएको छ ।

हेटौंडास्थित मुख्यमन्त्रीको निजी सरकारी निवासमा आज बिहान ७ः३० बजे संसदीय दलको बैठक सुरु भएकोे मुख्य सचेतक रामेश्वर फुँयालले जानकारी दिए ।

उनले प्रदेश ३ को राजधानी र नामकरणको विषयमा अन्तिम रणनीति तय गर्न संसदीय दलको बैठक बसेको बताए । राजधानी र नामकरणको विषयमा हुने मतदान प्रक्रियामा कसरी अघि बढ्ने सम्बन्धमा बैठकमा छलफल हुने उनले जनाए ।

‘आज बसेको दलको बैठकले प्रदेशको राजधानी र नामकरणको विषयमा अन्तिम रणनीति तय गर्नेछ ।’ फुँयालले भने ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*